अमेरिका । अमेरिकाको हटसन शहरमा बन्दुकसँग सेल्फी खिच्ने क्रममा एक १९–बर्षीय युवकको गोली लागी मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ ।

टेक्सासका डेलियन एलेन्सो स्मिथले मंगलबार दिउसो करीब साडे एक बजे हटसन शहरको दक्षिणपश्चिम इलाकामा अवस्थित एउटा अपार्टमेन्टमा बन्दुकको नाल आँफ्नो घाँटीमा तेर्साई फोटो लिंदैगर्दा अकस्मात बन्दुक पड्किएपछि मृत्यु भएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट स्मिथले एउटा बन्दुक पाएपछि बन्दुकले आँफ्नो घाँटीमा ताक्र्दै सेल्फी (फोटो) लिंदैथिए ।

तर, अकस्मात बन्दुक पड्किएपछि उनको मृत्यु भएको थियो । सेल्फी अनलाइन पोर्टलमा राख्नका लागी खिचिएको हुनसक्ने प्रहरीले जनाएकोे छ ।

स्मिथले फोटो लिंदै गर्दा उनका भतिज भने सँगै रहेको अर्को कोठामा बसिरहेको बुझिएको छ ।

Comments