

ग्रेटर शेपार्टन सिटी काउन्सिलको आयोजनामा मल्टिकल्चरल फेस्टिभल संचालन भएको थियो। जसको नाम कनभरेज अन द गौलबर्न २०२३ थियो। उक्त कार्यक्रममा ग्रेटर शेपार्टन नेपलीज कम्युनिटीले पहिलो पटक सहभागी हुने मौका पाएको थियो।
अष्ट्रेलियामा बसोबास गर्दै आएका विभिन्न देशका मानिसहरुले आफ्नो देश भेषभूषा चालचलन र मैलिक सांस्कृति झल्किने नाच तथा नेपाली गीत संगीतको साथै नेपाली परिकार म:मको इन्स्टलका साथै ड्रिंक्सहरुले झन् कार्यक्रममा अझ रमाइलो पन थपेको थियो। उक्त्त इन्स्टलमा नेपाली हरुको मात्र नभएर बिदेशीको पनि निकै भिड थियो।
यस कार्यक्रमलाई भव्यरुपमा समापन गर्नका लागि ग्रेटर शेपार्टनका सचिब बिशाल जंग कुँवरले कार्यक्रमका संयोजकको भूमिका निर्बाहगरेका थिए। उक्त कार्यक्रमलाई शान्तिपूर्ण तबरले सम्पन्न गर्नका २० भन्दा बढि नेपाली स्वयम्सेबकले उत्कृष्ट भूमिका निर्वाह गरेका थियो।
यस कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउनका लागि नेपालका प्रख्यात गायक प्रमोद निर्वान ,लगायत सिद्धाव राई,अलिश महर्जनहरुको सामदार प्रस्तुतिको साथै नाचतर्फ ब्रिशाना शाक्य, सुमित्रा बराल र सिमा छन्त्यालको जोडदार प्रस्तुतिको साथमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको टिम ग्रेटर शेपार्टनका नेपलीज कम्युनिटीका अध्यक्ष ज्ञान लामाजी ले जानकारी दिनु भएको छ।