ग्रेटर शेपार्टन नेपलीज कम्युनिटीले भब्यताका साथ मनाए होली

0
358

अष्ट्रेलिया। ग्रेटर शेपार्टन नेपलीज कम्युनिटीद्वारा आयोजना गरिएको होली कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम Mooroopna को WB Ferrari park मा सम्पन्न भएको हो।नेपाली कलासंस्कृति, परम्परा तथा पहिचानलाई चिनाउने उद्देश्यले होली कार्यक्रमको आयोजना गरिएको आयोजक टिमले बताएका छन्। बिभिन्न कम्युनिटिहरुबाट १०० जना भन्दा बढ़ी ब्यक्तिहरुले कार्यक्रममा सहभागी जनाएका थिए।   नेपालीहरुको लोकप्रिय चार्ड फागु पूर्णिमा अर्थात होलीमा विभिन्न रंग एकआपसमा दलेर मनाइएको थियो भने नेपाली खानाका परिकार तथा नृत्य र नेपाली संगीतले बेग्लैरौनक थपेको थियो। साथै एकआपसमा होली बिशेष शुभकामना आदानप्रदान पनि गरेका थिए। बालबालिका र परिवारको भेलाले कार्यक्रममा अझै रौनक थपेको थियो। साथै नेपाली स्वादको खाना र बिभिन्न प्रकारका खेलहरुले उपस्थित सम्पूर्णलाई भरपुर मनोरञ्जन प्रदान गरेका थियो।यस कार्यक्रमको संयोजक भने ग्रेटर शेपार्टन नेपलीज कम्युनिटीका सक्रिय सदस्य सुमन थापा रहेको थियो।