

अष्ट्रेलियाको मेलबर्नमा अवस्थित रोयल फुटबल क्लबको आयोजनामा सम्पन्न भएको “AMEC ROYALE CUP 2023″ सकर टुर्नामेण्टमा रोयल वेस्टर्न क्लब बिजयी भई AMEC ROYALE CUP चुम्न सफल भएको छ। अष्ट्रेलियन माइग्रेशन याण्ड एडुकेसन कन्सल्ट्यान्सीको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको अत्यन्त रोमान्चक फाईनल खेलमा यती फुटबल क्लवलाई एक गोलले हराउँदै रोयल वेस्टर्न क्लव कप चुम्न सफल भएको हो।
आयोजक टिम सहित मेलबर्नमा रहेका १५ वटा सकर क्लबले भाग लिएको उक्त टुर्नामेण्टमा विजयी रोयल वेस्टर्न क्लब नगद पुरस्कार $४५०० सहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको थियो । रोयल वेस्टर्नका तर्फबाट हेमन गुरुङले एक गोल हान्न सफल भएका थिए भने उक्त गोल नै प्रतियोगिताको निर्णायक गोल बनेको थियो। टुर्नामेण्टमा बेस्ट प्लेयरको उपाधि रोयल वेस्टर्नका हेमन गुरुङ र रोयल वेस्टर्न कै रोहित कार्कीले बेस्ट गोलकिपरको उपाधि हात पार्न सफल भएका थिए।
रोयल वेस्टर्न क्लबका म्यानेजर दिपेन्द्र खड्काले खुशी व्यक्त गर्दै क्लबका सम्पूर्ण खेलाडीहरुलाई हार्दिक बधाई तथा उच्च खेलको प्रदर्शन गर्दै जित हासिल गर्न सफल भएकोमा सबै खेलाडी धन्यबादको पात्र भएको बताएका थिए। साथै यस टुर्नामेन्टको जित संगै क्लबलाइ हौसला मिल्नुका साथै आगामी प्रतियोगिताहरुका लागि पनि तम्तयार बन्न उर्जा मिलेको बताएका थिए।
म्यानेजर खड्काले यस प्रतियोगिताको आयोजना गरेर खेलको विकासका साथै मेलबर्नमा रहेका बिभिन्न क्लबहरु बीच भाइचारा बढाउँन गरिएको पहलका लागि आयोजक टिम लगायत स्पन्सर्स, भोलेन्टियर्स, खेलाडी लगायत सम्पुर्ण खेलप्रेमीहरु महानुभावहरुलाई धन्यवाद दिएका थिए।