धादिङ समाज अष्ट्रेलिया (Victoria) को अध्यक्षमा बिनोद पौडेलको नेतृत्वमा नयाँ कार्य समिती गठन

0
517

मेलवर्न। धादिङ समाज अष्ट्रेलिया (Victoria) ले नयाँ बर्षको अवसर पारेर आज ‘ज्याक रोपर रिजर्व खेल मैदान Broadmeadows VIC’ मा भेटघाट एवम् बार्बीक्यू (BBQ ) कार्यक्रम सम्पन्न गरेको छ। उक्त भेटघाट एवं शुभकामना आदानप्रदान समारोहले धादिङ समाज अष्ट्रेलियाको नयाँ कार्य समिती समेत गठन गरेको छ।समितीको अध्यक्षमा बिनोद पौडेल, उपाध्यक्षमा दिवाकर दाहाल, नवराज अर्याल , सचिवमा अरुण रेग्मी, सह सचिवमा संतोष मम्बा,कोषाध्यक्षमा हरिराम पाठक, सह कोषाध्यक्षमा सृजना महत लगायत सदस्यमा सन्तोषी लम्साल लामिछाने,अल्बिन ढकाल, रुबिना दाहाल,संगीता अधिकारी,मदन भण्डारी र राजेन्द्र ढुंगाना चयन हुनुभएको छ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा गणेशभक्त श्रेष्ठ र निराजन गौलीको उपस्थिति रहेको थियो। बुवाआमाको साथमा परिवार सहित ८० जना भन्दा बढ़ीको उपस्थिति रहेको कार्यक्रमको संचालन भने निरु त्रिपाठीले गर्नुभएको थियो। साथै उहाँ अन्तर्राष्ट्रिय धादिङ समाजसंग पनि सक्रिय हुनुहुन्छ।कार्यक्रममा शुभकामना दिने क्रममा गणेशभक्त श्रेष्ठले यस समाजसंग आफु पनि आबद्ध रहेकोमा खुशी ब्यक्त गर्दै उपस्थित सम्पूर्णमा नयाँ बर्षको शुभकामना प्रदान गर्नु भयो। त्यस्तै उहाँको कुरालाई समर्थन गर्दै निराजन गौलीले पनि नयाँ समिति गठन भएकोमा खुसी ब्यक्त गर्नु भयो। कार्यक्रमको प्रायोजकको रुपमा भने भिक्टोरियन एकेडेमी अफ कॉमर्स एण्ड टेक्नोलोजी स्टार्टअप र सल्व एजुकेसन कन्सल्टेन्सी रहेको छ।