सुवर्ण थापाको चलचित्र ‘द सेक्रेट अफ राधा’ भोली मेलवर्नको चाइना टाउनमा

0
93

मेलवर्न। अष्ट्रेलियाको मेलवर्नमा नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’ भोली प्रदर्शन हुने भएको छ। भोली मेलवर्नस्थित रहेको चाइना टाउन सिनेमामा सिडनी पछिको दोस्रो शो हुन लागेको हो। यसबाहेक पनि अष्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन हुने निर्देशक सुवर्ण थापाले जानकारी दिएका छन।

सामाजिक कथा बोकेको भनिएको यो चलचित्र एउटा नारीको संघर्ष, संयमता र महिला शसक्तीकरणको प्रष्ट उथ्थान गरिएको छ। ‘द सिक्रेट्स अफ राधा’ मा नेपाली सामाजिक परिवेशमा रहेर एउटी साधारण गाउले गर्भवती महिलाको कहानीलाई प्रस्तुत गरिएको छ। जहाँ उनी बर्षौसम्म घर नफर्किएका श्रीमानको पर्खाइमा बस्दा भोग्नु परेको संघर्ष, बाध्यतालाई चलचित्रमा निर्देशक थापाले सफल ढंगमा चित्रण गरेका छन। जसरी थापाले उत्कृष्ट रुपमा प्रस्तुत गरेका छन त्यसमा नायिका श्रृष्टि श्रेष्ठले उत्तीकै सहज र अब्बलरुपमा आफुलाई चलचित्रमा प्रस्तुत गरेकी छिन।

चलचित्र राधामा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङ, पशुपति राईलगायतका कलाकारले अभिनय गरेका छन्। यो फिल्ममार्फत अभिनेता सौगात मल्ल निर्माताको रुपमा डेब्यू गरेका हुन्।

चलचित्रको स्पेशल शोको लागि टिकट अष्ट्रेलियन डलर २० राखिएको छ भने सो इभेन्टसलाई खडका एंड सन्सले निरु त्रिपाठीसंग सहकार्य गरी ब्यबस्थापन गरेको छ।