कतार विश्वकपको उपाधि अर्जेन्टिनाले जित्यो

0
186

काठमाडौं। कतार विश्वकपको उपाधि अर्जेटिनाले जितेको छ।

आइतवार सम्पन्न फाइनलमा फ्रान्सलाई ट्राइब्रेकरमा ४–२ ले पराजित गर्दै लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेटिनाले विश्वकपको उपाधि जितेको हो । निर्धारित समय र अतिरक्त समयमा ३–३ गोलको बराबरीपछि खेलको निर्णय ट्राइब्रेकरमा गएको हो । स्टार खेलाडी एम्बापेले एकल ह्याट्रिक गरे पनि भाग्यले साथ नदिदा फ्रान्सको लगातार उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन । फ्रान्स सन् २०१८ को उपाधि विजेता राष्ट्र हो।

अर्जेन्टिनाले सन् १९८६ पछि पहिलोपटक विश्वकप जितेको हो । उसले ३६ वर्षपछि उपाधि भित्र्याएको हो।