विश्व कप फुटबलमा तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसिया खेल्दै

0
121

काठमाडौं। कतारमा चलिरहेको फिफा विश्व कपको तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसिया खेल्दैछन्।

खेल आज बेलुका पौने ९ बजे कतारको खालिफा स्टेडियममा सुरु हुनेछ। सेमिफाइनलमा मोरक्को फ्रान्ससँग २–० गोलले पराजित भएको थियो।

यस्तै, क्रोएसिया अर्जेन्टिनासँग ३–० ले हारेको थियो। क्रोएसिया र मोरक्कोले समूह चरणमा गोलरहित बराबरी खेलेका थिए। विश्व कपको उपाधिको लागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन्।