मोरक्कोमाथि २–० को सानदार जित निकाल्दै, फ्रान्स फाइनलमा

0
112

काठमाडौं। मोरक्कोको चुनौतीलाई २–० ले हराउँदै साविक विजेता फ्रान्स फिफाविश्वकप २०२२ को फाइलनमा प्रवेश गरेको छ । बिहीबार बिहान लुसेल मैदानमा भएको खेलमा जितसँगै उपाधिका लागि फ्रान्सले अर्जेन्टिनाको सामना गर्ने भएको छ।

बुधबार विहान क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगिसकेको छ। फाइनल खेल आइतबार हुनेछ।

पहिलो पटक सेमिफाइलनमा पुगेको मोरक्कोको फाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन । फ्रान्स भने लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ।
फ्रान्सले दुबै हाफमा एक एक गोल गरेको थियो। खेलको पाँचौ मिनेटमै थिओ हर्नान्डेजले गोल गर्दै अग्रता दिलाएका थिए। ७९ औं मिनेटमा रन्दाल कोलो मुअनीले गोल गर्दै जित सुनश्चित गरे । उनि मैदान प्रवेश गरेको केहि समयमै गोल गर्न सफल भएका थिए।