अष्ट्रेलियाको क्विन्सल्याण्डमा दोहोरो गोली चल्दा २ प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु

0
147

ब्रिजवेन। अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा दोहोरो गोली हानाहान हुँदा ६ जनाको मृत्यु भएको छ। ब्रिजवेनबाट करिब १ सय किलोमिटर पश्चिममा पर्ने वेष्टर्न डाउन क्षेत्रमा भएको गोलीकाण्डमा दुई प्रहरी अधिकारीसहित ६ जनाको ज्यान गएको हो।

हराईरहेको एक व्यक्ति बारे अनुसन्धानको क्रममा प्रहरी टोली सोमबार साझँ पौने ५ बजेतिर घटना भएको घरमा पुगेको थियो। उनीहरु उक्त घरमा प्रवेश गर्ने बित्तिकै भित्रबाट प्रहरीलाई निशाना बनाएर गोली हानिएको बताईएको छ। निधन हुनेमा स्पेसल अपरेसन टिमका दुई प्रहरी, एक सर्वसाधारण र तीन हतियारधारी समुहका सदस्य छन्।

प्रहरीले घटना भएको ईलाका वरिपरी आपतकालिन क्षेत्र घोषणा गरेको छ। घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ।