स्विट्जरल्यान्डलाई ६–१ ले हराउँदै पोर्चुगल क्वाटरफाइलनमा

0
123

काठमाडौं। युरोपेली प्रतिद्धन्द्धी स्विट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै पोर्चुगल कतार विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ।

स्ट्राइकर गोन्कालो रामोसले कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिक गरेपछि पोर्चुगलले बुधबार राति सहज जित सहित क्वाटरफाइलनमा मोरक्कोसँगको भेट पक्का गरेको हो।

कतारको दोहास्थित लुसेल आइकोनिक रंगशालामा रामोसले ह्याट्रिक गर्दा पेपे, राफेल गुइमारेज र राफयल लिआओले एक एक गोल गरका थिए।
बुधबारै चाँडोगरि सम्पन्न खेलमा पूर्व च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले हराउँदै मोरक्को क्वाटरफाइलनमा प्रवेश गरेको थियो।

यो खेलसँगै क्वाटरफाइलन समिकरण पुरा भएको छ। दुई राष्ट्रबीच क्वाटरफाइनलमा भिडन्त हुँदा इङ्ल्यान्डले फ्रान्स, ब्राजिलले क्रोएसिया र अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछन्।