म्याक्सीम्याक्सको मूख्य प्रायोजनमा १८औं न्याभ कपको घोषणा

0
123

मेलवर्न। म्याक्सीम्याक्स एजुकेशन एण्ड माइग्रेसनको मुख्य प्रायोजनमा मेलवर्नमा ‘न्याभ कप’ को आयोजना हुने भएको छ। भिक्टोरियावासी नेपाली समुदायको सिग्नेचर कार्यक्रमहरु मध्यको बहुप्रतिक्षित खेलकुद प्रतियोगिता “१८औं एनएभी क्रिकेट कप २०२२” आयोजना गर्ने भएको हो।

१८ औं न्याभ कप आगामी १५ जनवरी, २०२३ बाट सुरुवात हुँदैछ। यो टुर्नामेन्ट करिब दुई महिनासम्म चल्दछ। म्याक्सीम्याक्स एजुकेशन एण्ड माइग्रेसनका डाइरेक्टर शंकर धरेलले विद्यार्थी तथा युवाहरुका लागि खेलमा अवसर सिर्जना गर्ने, नेपाली समुदायमा एकता र सद्भाव बढाउंदै समुदायलाई स्थापित गर्न सहयोग गर्ने न्याभ कपमा मूख्य प्रायोजकका रुपमा जोडिन पाउँदा गौरव महसुस भएको बताउनुभयो। त्यसैगरी, म्याक्सीम्याक्सका अपरेसन म्यानेजर विवेक श्रेष्ठले समुदायमा हातेमालो गर्न तथा समुदायका हितमा अगाडी बढ्नका लागि यो राम्रो अवसर रहेको उल्लेख गर्दै क्लब, व्यवसायी लगायत समग्र समुदायलाई हातेमालो गर्न अनुरोध गर्नुभयो।

बर्तमान खेलकुद संयोजक दिप चन्दले यसपालीको टुर्नामेन्ट अझ भव्य र नयाँ उत्साहका साथ आयोजना गर्न लागिएको बताउनु भयो। र यस टुर्नामेन्टको लागि मुख्य प्रायोजकमा म्याक्सीमेक्सले अग्रसरता देखाएकोमा आफु खुसी भएको बताउँदै पुरस्कार राशी, टीमको सहभागीता लगयात अन्य रोचक र सरप्राईज प्याकेजको लागि छिट्टै पत्रकार सम्मेलन मार्फत समुदायलाई जानकारी दिने बताउनु भयो।

न्याभ कपका अघिल्ला वर्षहरुमा संयोजकमा रहनुभएका प्रेम राज उप्रेती यस वर्ष आयोजक संस्था न्याभको अध्यक्ष रुपमा रहनुभएको छ। त्यसैले पनि न्याभ कप यस वर्ष अझ उत्साहजनक हुने नेपाली समुदायले अपेक्षा गरेको छ। उहाँले बिगतका केही वर्ष खेलकुद संयोजक भएर काम गर्दाका अनुभवहरु अहिले समितीमा जोडीएका युवा भाइहरुसँग साट्दै यस बर्ष अझ भव्य अनि सभ्य र थप रचनात्मक हुने बताउनु भयो।