अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (डिसेम्बर ३)

0
117
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। सहकर्मीबाट विरोध आउला। नियमित खर्चसमेत बढ्ने योग छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। मनमा कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज रोकिएको धन पाइन सक्छ। घरमा अतिथिको आगमन हुनेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। आँटेको काम पनि पुरा होला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
शुभारम्भको चर्चा चल्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ, स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
बन्न लागेको काम बिग्रिनेछ। स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ। साझेदारी काममा उल्झन आउनेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला। आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
भाग्यले विभिन्न अवसर जुराउनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। लाभदायक यात्रा हुनेछ, तर स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
भाग्यले विभिन्न अवसर जुराउनेछ। नयाँ काम सुरु गर्ने समय छ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्।