नेपालमा आमनिर्वाचनपछि बन्ने सरकारसँग नजिक रहेर काम गर्न तत्पर छौं : भारत

0
65

काठमाडौं। भारतले नेपालमा आमनिर्वाचनपछि बन्ने सरकारसँग नजिक रहेर काम गर्न तत्पर रहेको जनाएको छ ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बागचीले भारत र नेपालबीच नजिकको एवं विशेष सम्बन्ध रहेको उल्लेख गर्दै नेपाली जनताले चुन्ने नयाँ सरकारसँग पनि नजिककै सम्बन्ध रहने बताए।

बागचीले मतपरिणाम आन्तरिक मामिला भन्दै कुनै टिप्पणी गरेनन् । ‘परिणाम आइरहेको छ, त्यसको प्रतीक्षा गर्नुपर्छ,’ उनले भने।