चितवन २ बाट स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी

0
70

काठमाडौं। प्रतिनिधिसभा सदस्यतर्फ चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी हुनुभएको छ।

१० हजार मतगणना गर्न बाँकी रहँदै लामिछाने निर्वाचित हुनुभएको हो। कांग्रेसका उमेश श्रेष्ठभन्दा २६ हजारभन्दा बढी मतले अग्रता लिनुभएपछि रविको जित सुनिश्चित भएको हो।

तर अझै १० हजार मत गणना गर्न बाँकी रहेकोले रवि निर्वाचित भएको घोषणा भने विहीवार साँझसम्ममा हुने बताइएको छ।