ललितपुर ३ मा स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी

0
64

काठमाडौं। ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी हुनुभएको छ।

बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ का साथ विजय प्राप्त गर्नुभएको हो।

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत प्राप्त गर्नुभयो। सोही क्षेत्रमा उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत प्राप्त गर्नुभयो।