प्रधानमन्त्री देउवा साढे २५ हजार मतसहित सातौं पटक निर्वाचित

0
63

डडेल्धुरा। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन्।

देउवा २५ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। देउवा लगातार सातौं पटक डडेलधुराबाट सांसदमा निर्वाचित भएका हुन्।

देउवाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाए। बीपी कांग्रेसका कर्ण मल्लले ७ हजार ५३५ मत पाए।