आज बरउड पार्कमा नेपाल फेस्टिवल सिडनी हुँदै, गौरवपूर्ण दिनमा सबै सहभागी बनौँ

0
105
नेपाल फेस्टिवल सिडनी

सिडनी/अष्ट्रेलिया। सिडनीमा आज शनिबार अर्थात् नोभेम्बर १९ मा नेपाल फेस्टिवल हुँदैछ। गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिद्वारा आयोजित नेपाल फेस्टिवल लामो समयको प्रतिक्षा र कडा मेहनतपछी आज बरउड पार्कमा हुँदैछ।

आज विहान १०ः४५ मा भेला भएर ११ बजेदेखि १२ बजेसम्म परेड सञ्चालन हुनेछ भने त्यसलगतै कार्यक्रम सञ्चालन हुने बताइएको छ। फेस्टिबल चार वर्षपछि हुन लागेको हुँदा यस पटकको नेपाल फेस्टिवलमा सहभागीको संख्या तीब्र रहने आयोजक टिमको दावी छ।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक देव गुरुङले कोरोनाको महामारीले गर्दा अघिल्लो पटक नेपाल फेस्टिबल गर्न नपाएको हुँदा यसपटक भब्य रुपमा सञ्चालन गर्ने बताएका छन। साथै उहाँ भन्नुहुन्छ ,’नेपाल फेस्टिवल आफ्नो नेपाली मौलिकपनको परिचय गराउँदै विदेशी भूमीमा पनि मातृभूमीप्रतिको आफ्नो माया खुलेर प्रदर्शन गर्ने दिन हो।’

नेपाल फेस्टिवल सिडनी