अष्ट्रेलियाको सिड्नीमा नेपाल फेस्टिबलको तयारी अन्तिम चरणमा, मात्र २ दिन बाँकी

0
102
नेपाल फेस्टिबल सिडनी

सिडनी। यही नोभेम्बर १९ मा हुन गइरहेको नेपाल फेस्टिवल सिड्नीको तयारी अन्तिम चरणमा पुगेको छ। शनिबार सिड्नीको बरउडपार्कमा हुन लागिरहेको फेस्टिवलमा सहभागि हुन देश विदेशबाट नेपालीहरु आउँदैछन्।

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिको आयोजनामा हुने नेपाल फेस्टिवल अघिको परेडमा यस पटक जीवित देवी कुमारीको रथसहितको सहभागिता हुने भएको छ। शनिबार विहान १०ः४५ मा भेला भएर ११ बजेदेखि १२ बजेसम्म परेड सञ्चालन हुनेछ। परेड संयोजक सन्ध्या शाहले फेस्टिवल परेडमा शिव पार्वती, कलश यात्रा, पञ्चकन्याका साथै विभिन्न जाति जाति, भाषाभाषीका झाँकीहरु समावेश गरिने बताएकी छिन्।

कोरोनाको महामारीले गर्दा अघिल्लो पटक नेपाल फेस्टिबल स्थगित भएको थियो भने यस पटक सिड्नीको बरउड पार्कमा पहिलो चोटी नेपाल फेस्टिवल गर्न लागिएको हो। अष्ट्रेलियामा नेपाली कला, संस्कृति, भाषा, खाना र पहिरनको प्रबर्धन गर्ने उद्देश्यले हरेक दुई वर्षमा एनआरएन अष्ट्रेलियाले नेपाल फेस्टिवलको आयोजना गर्दछ।