अष्ट्रेलियामा डिसेम्बर १२ बाट दोस्रो ओमिक्रोन–विशेष खोप अभियान सुरु हुँदै

0
90

ब्रिजबेन। अष्ट्रेलियामा दोस्रो ओमिक्रोन–विशेष खोप अभियान सुरु गरिने भएको छ। कोरोना भाइरसका केसहरु बढ्दो क्रममा रहेको हुँदा तेस्रो र चौथो बूस्टरको रूपमा नयाँ खोप अभियान सुरु गरिने भएको हो।

अष्ट्रेलियन स्वास्थ्य मन्त्री मार्क बटलरले फाइजर कमिर्नाटी बिभ्यालेन्ट ओरिजिनल÷ओमिक्रोन बीएडटवान खोपलाई १८ वर्ष र माथिका अष्ट्रेलियालीहरूका लागि तेस्रो र चौथो डोजको रूपमा अनुमोदन गरिएको जानकारी दिनुभएको हो। यो खोप अभियान डिसेम्बर १२ बाट सुरु हुने स्वास्थ्य मन्त्री बटलरले जानकारी दिनुभएको छ। उहाँले नयाँ अनुमोदित खोपहरूको ४ दशमलब ७ मिलियन डोजहरू अर्को दुई हप्तामा दुई वटा ढुवानीमार्फत आइपुग्ने र उपचारात्मक सामान प्रशासनद्वारा ब्याच–परीक्षणपछि वितरण गरिने बताउनुभएको छ।

यस्तै स्वास्थ्य मन्त्री बटलरले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाहरूका लागि फाइजर पेडियाट्रिक भ्याक्सिन लगाउने सिफारिसलाई एटीएजीआईले स्वीकृति दिएको र अर्को वर्षको जनवरीको मध्यतिरबाट यो खोप उपलब्ध गराइने बताउनुभएको छ। उच्च चिसोको सामना गर्नुपरेको अष्ट्रेलियामा अहिले पनि कोरोना भाइरसका केसहरु उच्च देखिएका छन्। गम्भीर रूपमा इम्युनो कम्प्रोमाइज र विशेष स्वास्थ्य अवस्था भएकाहरुलाई यो खोप लाभदायक हुने बताइएको छ।