आज नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

0
107

काठमाडौं। आज दशैँको पाँचौँ दिन, असोज शुक्ल पञ्चमी । शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ।

स्कन्दमाता भवानीको उपासना एवम् आराधना गर्नाले सबै प्रकारको इच्छा पूरा हुने शास्त्रीय मान्यता छ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ। यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ।