दशैँको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीकाे पूजा गरेर मनाइँदै

0
93

काठमाण्डाै। दशैँको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुँदैछ। बडादशैँ अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो।

घटस्थापना गरेसँगै नवदुर्गाका ९ रूपको पूजा गर्ने परम्परा छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।