अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (सेप्टेम्बर २७)

0
90
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। आफन्तको प्रगतिमा मन रमाउला। शुभारम्भको चर्चा चल्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। शिक्षामा सफलता मिल्नेछ। शेयर बजारले पनि साथ दिनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
घर व्यवहारमा झमेला रहला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। स्वास्थ्यमा खराबी रहला। आर्थिक कारोबारमा मन्दी आउनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज सभा समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धी समस्या आउँन सक्छ बढी सचेत रहनु होला।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दाम्पत्य जीवन सुखमय हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ। दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज कुनै कुराले मनमा शान्ति छाउनेछ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। छोटो दुरीको लाभदायक यात्रा रहला। शुभकार्यको चर्चा पनि चल्नेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
मनमा निराशा र शरीरमा आलस्य आउला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। दैनिक कार्यमा सफलता पाइनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज दैनिक कार्यमा प्रगति हुनेछ। समाजिक कार्यमा मन जाला। कूटनीतिक नियोगको सहयोग मिल्ला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। कुटुम्बको सहयोग मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।