अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुले अब ४० घण्टा बढी काम गर्न पाउने, कहिलेसम्म यस्तो छुट?

0
174

मेलवर्न। अष्ट्रेलियामा विद्यार्थी भिसामा अध्ययनरत नेपालीसहितका विद्यार्थीहरुले अब ४० घण्टा भन्दा बढी काम गर्न पाउने भएका छन्। श्रमशक्ति अभावलाई सम्बोधन गर्ने उद्देश्यले विद्यार्थी भिसाको कार्य घण्टा प्रतिबन्ध अस्थायी रूपमा २०२३ जुन ३० सम्म हटाइएको हो।

आगामी सन् २०२३ जुनसम्म अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी, नयाँ आउने विद्यार्थीसँगै माध्यमिक आवेदकहरूले अर्थतन्त्रको कुनै पनि क्षेत्रमा ४० घण्टाभन्दा बढी काम गर्न छुट पाउनेछन्। अध्ययनको अघि पनि काम गर्न पाइने बताइएतापनि तोकिएको समयपछि भने विद्यार्थी भिसा बाहकमाथीको काममा लगाइने प्रतिबन्ध यथावत हुने जानकारी प्राप्त भएको छ।

जुनकुनै क्षेत्रमा ४० घण्टा बढी काम गर्ने छुट दिइएको भएपनि विद्यार्थीहरूले अध्ययनका क्रममा अनुपस्थित हुन, शैक्षिक गुणस्तरमा ह्रास ल्याउने गतिबिधि भने गर्न पाइने छैन। पाठ्यक्रम अनुसारको प्रगतिमा ह्रास आउने लगायतका भिसा सर्तहरूको उल्लङ्घन गरेमा भने कारबाहीको सामना गर्नुपर्नेछ।

यता, विद्यार्थीलाई ४० घण्टाभन्दा बढी काममा लगाउन छुट दिएको सरकारले रोजगारदाताहरूलाई समेत सचेत गराएको छ। विदेशी कामदारहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू सहित अष्ट्रेलियाको कार्यस्थल कानून अन्तर्गत सबै कर्मचारीहरूलाई समान अधिकार र सेवासुविधाको प्रत्याभुत गराउन भनिएको छ। परिवर्तित व्यवस्था अनुसार माइग्रेसन ऐन १९५८ को s116(1)(b) मा रहेको प्रत्येक पन्ध्र दिनमा ४० घण्टा भन्दा बढी काम गर्ने विद्यार्थीहरूको भिसा रद्द नगरिने भएपनि माइग्रेसन ऐन १९५८ को s235 र s245AC अन्तर्गतको व्यवस्थाको खिलापमा नजान सचेत गराइएको छ।

यस्तो छ सरकारले निकालेको विज्ञप्ती :