डेंगु रोग रोकथाम र नियन्त्रणमा सरकारी पहल असफल, बिरामीको संख्या २१ हजार ३ सय नाघ्यो

0
129

काठमाडौं। डेंगु रोग रोकथाम र नियन्त्रणका लागि सरकारी निकायले गरेको पहल असफल बन्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेको टोकाईबाट सर्ने डेंगुको रोकथाम र नियन्त्रणका लागि सबै निकाय परिचालन गरेपनि दैनिक रुपमा बिरामीको संख्या बढेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार नेपालमा डेंगुका बिरामीको संख्या २१ हजार नाघेको छ। महाशाखाका अनुसार डेंगुका बिरामीको संख्या २१ हजार ३ सय ५२ पुगेको छ।

डेंगुकै कारण असार यता २७ जनाले ज्यान गुमाइसकेका छन्। विशेषज्ञहरुले डेंगु नियन्त्रण बाहिर गइसकेको बताइरहँदा पनि सरकारले रोकथाम तथा नियन्त्रणका लागि चालेका कामहरु प्रभावहिन देखिएको हो। स्थानीय तहहरुले डेंगु रोकथाम तथा नियन्त्रणका लागि लाखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान अघि सारे पनि प्रभावकारी बन्न सकेको छैन।