आगामी निर्वाचनमा लौरो चुनाव चिन्ह स्वतन्त्र उमेदवारले पाउँदैनन् : आयोग

0
106

काठमाडौं। निर्वाचन आयोगले लौरो चुनाव चिन्हकाबारेमा सामाजिक सञ्जालमा राखिएका सामग्रीबारे ध्यानाकर्षण भएको जनाएको छ।

सामाजिक सञ्जालमा लौरो चिन्ह भनी राखिएका सामग्री तुरुन्त हटाउन पनि आयोगले निर्देशन दिएको छ।

यस चिन्हको प्रयोग गरी निर्वाचनको स्वच्छ प्रतिस्पर्धाको सिन्द्धान्तविपरीत भ्रम सिर्जना गर्ने काम गरिएको आयोगको ठहर छ। आयोगले लौरो चिन्ह हाम्रो पार्टी नेपाल नामक राजनीतिक दललाई प्रदान गरेको प्रष्ट पार्दै चुनाव चिन्ह स्वतन्त्रहरूको साझा तथा वैकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम सिर्जना गर्ने काम भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

आयोगले यस विषयमा हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलाई स्पष्टीकरण पेश गर्न पनि आदेश दिएको छ।

दललाई प्रदान गरेको चुनाव चिन्ह स्वतन्त्र उमेदवारको निर्वाचन चिन्हको समूहमा नरहने र त्यस्ता उमेदवारहरूलाई प्रदान गर्न नसकिने आयोगले स्पष्ट पारेको छ।