अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (सेप्टेम्बर २४)

0
137
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज विभिन्न अवसरले पछ्याउनेछन्। नजिकको मित्रसँग भेटघाट हुनेछ। पठनपाठनमा प्रगति हुनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ। राजनैतिक कार्यमा बाधा आउनेछ। सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। मनोरञ्जनमा सहभागिता भइएला। प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ। कूटनीतिक नियोगको सहयोग मिल्नेछ सफल यात्राको योग पनि छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, साथै जनताको गतिलो समर्थन पनि मिल्नेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मुद्दामामिलामा विजयी भइनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आँटेको र ताकेको कार्य पुरा होला। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज शत्रुहरू किनारा लाग्नेछन्। चिताएको कामले तीव्रता लिनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। जोशजाँगर र हिम्मत पनि बढ्नेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आजको प्रयत्न निष्फल जस्तै होला। अनावश्यक झमेलामा परिएला। चुनौतीको सामना गर्नुपर्ला। प्रयत्न गरे फाइदा भने लिन सकिनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
चुनौती चिर्दै काम बनाउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। अरुलाई प्रभावित पारेर काम बन्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज शुभ समाचार सुन्न पाइएला। नयाँ कार्यको थालनी हुन सक्छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। आम्दानी पनि प्रशस्तै बढ्न सक्छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।