अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (सेप्टेम्बर २३)

0
33
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ। नयाँ कार्यको योजना बन्नेछ। शत्रुमाथि विजय मिल्ने समय छ। रमाइलो यात्राको योग पनि छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज सानातिना समस्यामा अल्झनुपर्नेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। व्यापार व्यवसायमा पनि मन्दी आउनसक्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज लक्ष्मी प्रसन्न हुने योग छ। सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। राज्यबाट मान सम्मान पनि पाइनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् शुभकार्यको चर्चा चल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सौन्दर्यतामा धन खर्च हुनेछ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। गरेका काममा ढिलासुस्ती हुनेछ। यात्रामा मालसामान हराउन सक्छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज रमाइलो यात्राको योग रहेको छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। प्रेममा मधुरता छाउनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
रमणीय र सुखद् यात्राको योग छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
प्राविधिक काममा सफलता प्राप्त हुनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। चिन्ता छाडेर चिन्तन गर्ने समय छ। प्रेमीको सहयोग पनि प्राप्त हुनेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ। सवारी साधन सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज विद्या र बुद्धिको विकास हुनेछ। दाम्पत्य जीवन सुखमय रहला। नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ। विश्वासपात्रले काममा साथ दिनेछन्।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
घरायसी कार्य अगाडि बढ्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। सफल यात्राको योग पनि छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।