
काठमाडौं। बुढानिलकण्ठ नगरपालिका ११ स्थित कपनमा भीषण आगलागी हुँदा तीन जनाको ज्यान गएको छ। राममन्दिर नजिकै रहेको दुई तले घरमा अक्सिजन सिलिन्डर पड्किएर भीषण आगलागी भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारि दिनुभएको हो।
मृतकको पहिचान भने यो समाचार तयार पार्दासम्म खुल्न सकेको छैन। ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको बताइएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरका दमकल बोलाएर आगो नियन्त्रणमा लिइएपछि क्षतीको पूर्ण बिवरण आउन सकेको छैन।
घरको माथिल्लो तलामा रहेकाहरुको भने अग्नी नियन्त्रक र प्रहरीले उद्धार गरेका छन्।