आज देशभर बदली रहने, सुदूरपश्चिममा भारी वर्षाको प्रक्षेपण

0
23

काठमाडौ। आज देशभर बदली रहनेछ।

दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिमका एक(दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिन्छ। राति सुदूरपश्चिम र लुम्बिनीका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको आकलन गरिएको छ। शुक्रबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा हुनेछ।