तास्मानियाको किंग आइल्याण्डमा सामूहिक रुपमा फसेका १४ समुद्री ह्वेल मृत फेला

0
31

सिडनी। अष्ट्रेलियाको तास्मानिया राज्यको एक दुर्गम समुद्री तटमा १४ वटा साना ह्वेलहरू मृत फेला परेका छन। तास्मानियाको प्राकृतिक संसाधन र वातावरण विभागका अनुसार ती ह्वेलहरु सामूहिक रूपमा फसेको कारण मरेको जनाइएको छ।

यस हप्ताको सुरुमा साना भाले जातिका देखिने १४ मृत ह्वेलहरू उत्तरी तास्मानियाको किंग आइल्याण्ड टापुको पश्चिमी तटमा देखिएका हुन्। वन्यजन्तु जीवविज्ञानीहरू र पशु चिकित्सकहरू अनुसन्धान गर्न टापु क्षेत्रमा पुगेका छन्। अहिले उक्त टापु पार्क र वन्यजन्तु सेवाका कर्मचारीहरूको निगरानीमा रहेको बताइएको छ। तर, हवाई सर्वेक्षणका क्रममा अन्य ह्वेल फसेको फेला नपरेको जनाइएको छ।

अहिले पनि सम्भावित जोखिमलाई मध्यनजर गरेर आवश्यक सतर्कतासहित उद्धार कार्य अघि बढाइने बताइएको छ।