अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (सेप्टेम्बर २२)

0
62
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला। आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कार्यसिद्धि हुने अवसर मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आफन्तको प्रगतिमा मन रमाउनेछ। आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। मालसामान हराउन सक्छ। हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
घरमा अतिथिको आगमन हुनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। लाभदायक यात्रा रहनेछ। नयाँ कार्यको थालनी होला।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
छोटो दुरीको लाभदायक यात्रा रहला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। धनार्जन हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कुनै कुराले मनमा शान्ति छाउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मनोरञ्जनमा सहभागिता भइएला। प्रेममा मधुरता पनि छाउनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज लाभहानी, सुखदुःख बरावारी रहनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। विश्वासमा कमी आएता पनि विश्वास गर्न जरूरी हुन्छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। रमणीय र सुखद् यात्राको योग छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
रोजगारको अवसर मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। पारिवारिक झमेला रहला।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मित्र वा आफन्तको सहयोग मिल्नेछ। मिष्ठान्न भोजन प्राप्ति होला। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। बौद्धिकताको विकास हुनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।