नेपाली फिल्म प्रेमगीत–३ ले पहिलो पटक इतिहास रच्दै, अष्ट्रेलियाका ८ शहरहरुमा समेत प्रदर्शन हुँदै

0
92

ब्रिजवेन। सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’ ले नेपाली चलचित्र इतिहासकै पहिलो इन्डो–नेपाली फिल्मका रुपमा इतिहास रच्ने भएको छ।

अष्ट्रेलियामा अंग्रेजी तथा हिन्दी भाषाकै सरह विभिन्न सहरमा पहिलो पटक नेपाली फिल्म प्रदर्शन हुन लागेको बताइएको छ। अष्ट्रेलियाका २० हलमा प्रदर्शन हुने निश्चित भएको छ। सेप्टेम्बर २३ मा अष्ट्रेलियाका ८ शहरहरु न्यु साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, साउथ अष्ट्रेलिया, अष्ट्रेलियन क्यापिटल टेरिटोरी, वेस्टर्न अष्ट्र्रेलिया, नर्थन टेरिटोरी र तास्मानियामा फिल्म प्रदर्शन हुन लागेको हो। नेपालमा बनेको बहुप्रतिक्षति फिल्म प्रेमगीत–३ पहिलो पटक एकसाथ विदेशका धेरै हलहरुमा प्रदर्शन हुने निश्चित भएको र पहिलोपटक हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो।

फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका छन्। प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको दमदार अभिनय देख्न सकिन्छ।