अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (सेप्टेम्बर २१)

0
97
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको सामान हराउन सक्छ। सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
तर्क र विवादमा राम्रो सफलता मिल्नेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। जटिल ठानिएको काम सम्पादन होला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन्।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज कडा परिश्रम व्यर्थै खेर जान सक्छ। वैदेशिक कार्यमा अवरोध हुनेछ। कताकता स्मरण शक्ति कमी भएको आभास गर्नु हुनेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। चिताएको कामले तीव्रता लिनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। वैदेशिक क्षेत्रका कार्य अघि बढ्नेछ। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। यात्रामा सावधानी अपनाउनु पनि पर्नेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आजको दिन मनोरञ्जनपूर्ण समय रहला। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।