लगातारको वर्षा र पहिरोमा परी अछाममा १२ जनाको मृत्यु

0
83

धनगढी। अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ।

कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा बेपत्ता ६ जनामध्ये ५ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । त्यस्तै, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २÷२ जनाको शव फेला परेको उहाँले बताउनुभयो ।

अन्य ३ शव जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएको अवस्थामा फेला परेको उहाँले जानकारी दिनुभयो । बेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।