हिटरबाट सल्किएको आगोले सिड्नीमा नेपालीको घर जल्यो , दुइ विद्यार्थी घाइते

0
262

अष्ट्रेलिया। सिड्नीमा नेपालीको घरमा आगलागी हुँदा एक जना नेपाली बिद्यार्थी घाइते भएका छन। हिजो बिहानको करिब तीन बजेतिर सिड्नीको हर्जभिलस्थित नेपालीको युनिटमा आगलागी हुँदा एक नेपाली विद्यार्थी सक्त घाइते भएका छन भने अर्का बिद्यार्थी सामान्य घाइते भएका छन।

बुटवल स्थाई घर भएका २१ वर्षिय नेपाली विद्यार्थीको दुबै हात र घाटीमा आगोले पोलेको छ। उनको रोयल नर्थसोर अस्पतालको आइसियुमा उपचार भइरहेको छ। अर्का घाइते विद्यार्थी भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

तीन जना नेपाली विद्यार्थीहरु आएको बस्दै आएको उक्त युनिटमा एकजना साथी असाइनमेन्ट गर्न बाहिर गएका थिए। त्यसैले घटना भएको रात युनिटमा दुइ जना मात्र सुतेका थिए। बालिएको हिटरबाट आगो सल्किएको प्रहरीको अनुमान रहेको छ। गम्भीर घाईते विद्यार्थीलाई फायर एण्ड रेस्क्यू न्यू साउथ वेल्सले चिन्ताजनक अवस्थामा उद्धार गरेको थियो भने सामान्य घाईते आफै आगलागीपछि घर बाहिर निस्किएका थिए।

स्मोक अलाम बजेपछि तीन तले भवनमा बस्ने अन्य २० जना बाहिर निस्किएका थिए भने केहीलाई प्रहरीले ढोका ढकढकाएर उठाएको जानकारी प्राप्त भएको छ। सबै बाहिर निस्किएपछि फायर फाइटरहरु कोही छुटेकी भनेर खोज्न जादा भने सोफामा कम्मलभित्र बेहोस् अवस्थामा नेपाली विद्यार्थी भेटिएका हुन्।

अस्पतालमा उपचाररत घाईतेको अहिले होस आइसकेको र उनको अवस्था पनि सुधारउन्मुख रहेको गैर आवासिय नेपाली संघ न्यु साउथ वेल्सका संयोजक देव गुरुङले जानकारी दिनुभयो। चिकित्सकले ती विद्यार्थीको हात, घाटी र अनुहारमा १२ प्रतिशत जति जलेको र अवस्था सुधारउन्मुख भएको जानकारी गराएको गुरुङले बताउनुभयो।