नेपाल फेस्टिभल मेलवर्न भब्यताका साथ सम्पन्न, नेपालमय बन्यो फेडरेशन स्काएर

0
31

मेलवर्न। एनआरएनए अष्ट्रेलियाको सिग्नेचर कार्यक्रम नेपाल फेस्टिभल भव्यताको साथ सम्पन्न भएको छ। हजारौको सहभागीता रहेको फेस्टिभल नेपालमय भएको थियो।

बिहान ११ बजे ट्रेजरी विल्डिङ्गबाट परेड सुरु गरेर नेपाल फेस्टिभलको शुभमुहर्त गरिएको थियो। परेडमा राजदूत कैलाश पोख्रेल, भिक्टोरीयाको लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन लगायत एनआरएनए आईसीसी, एनसीसी र एसीसीका सबै पदाधिकारीहरू लगयात अष्ट्रेलियाको विभिन्न राज्यबाट एनआरएनएका पदाधिकारीहरुको उपस्थित रहेको थियो।

भिक्टोरियालगायत अष्ट्रेलियाका अन्य राज्यबाट आएका नेपालीहरु आफ्नो मौलिक भेषभुषामा सजिएर परेडमा सहभागी भएका थिए। परेडमा मौलिक बाजाका साथ बिभिन्न जातजातीहरुले आफ्नो मौलीक नाचको साथ सहभागी जनाएका थिए।

नेपाली बाजागाजा र जातजातीका अलगअलग पहिचानसहितका झाँकीले मेल्बर्नको मुख्य शहरको परिक्रमा गरेको थियो। नेपालको पहिचानका रूपमा चिनिएका धरहरा, बौद्ध तथा स्वयम्भू स्तूपलगायत सामाग्रीले दर्शकको ध्यान खिचेको थियो। नेपाल र अष्टेलियाको झण्डा फरफराउँदै फेडेरेशन आइपुगेको परेडमा कुमारी, बुद्ध देखि लिएर पन्चे बाजा तथा विभिन्न संस्कृतिको मौलिक नृत्य देखि क्रियाकलापहरू आकर्षण थिए।

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोख्रेल प्रमुख अतिथि रहेको यस फेस्टिभलमा विशेष अतिथिहरूमा भिक्टोरीयाको महिला तथा शिक्षा मन्त्री नतालि हुचिहिन्स, उर्जा मन्त्री लिलि एम्ब्रोरोसियो, लेबरका फेडरल एमपी पिटर खलिल, लिभरलका फेडरल एमपी डेभिड कोल्म्यान, कौशल्या भघेला, टिएन किएन, ब्रोनवीन हाल्पेन्नी, काउन्सिलर जोसेफ हुवेल, काउन्सिलर मार्क रिली, पिटर मानर्ड, जस्मिन हिल, भिक्टोरियाको लागि नेपाली अवैतनिक दूत चन्द्र योञ्जन, भिक्टोरिया बहुसांस्कृति कमिशनका प्रमुख भिभिन नुगेन, रिगंउडका लिवरल पार्टी प्रतिनिधि सिन्थीया वाटसन, भिक्टोरियाका आपतकालिन व्यवस्थापनका प्रमुख एन्ड्रयू क्रिस्पको उपस्थिती रहेको थियो। त्यसैगरी भिक्टोरीयाको लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, एनआरएनए आईसीसी उपाध्यक्ष दुर्गा आचार्य, सचिव नारायण काफ्ले, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ्ग लगायत विभिन्न राज्यबाट एनआरएनका संयोजक तथा प्रतिनिधिहरू उपस्थित भएका थिए।

कार्यक्रमका अध्यक्ष तथा एनआरएनए भिक्टोरियाका अध्यक्ष हरि खड्काले स्वागत मन्तव्य दिनु भएको थियो भने अष्ट्रेलियाका संघीय तथा प्रादेशिक सरकार तथा संसदको तर्फबाट कालवेलका संघीय सदस्य सांसद मारिया भल्बाकिनौं, पिटर खली, भिक्टोरियाका सांसद लिली डि एम्ब्रोसिस, नेटेली हटचिन्स, डेविड साउथविक, कौशल्या भघेला, टिएन किएन, ब्रोनवीन हाल्पेन्नी, काउन्सिलर जोसेफ हुवेल, काउन्सिलर मार्क रिली, पिटर मानर्ड, जस्मिन हिल, भिक्टोरियाको लागि नेपाली अवैतनिक दूत चन्द्र योञ्जन, भिक्टोरिया बहुसांस्कृति कमिशनका प्रमुख भिभिन नुगेन, रिगंउडका लिवरल पार्टी प्रतिनिधि सिन्थीया वाटसन, भिक्टोरियाका आपतकालिन व्यवस्थापनका प्रमुख एन्ड्रयू क्रिस्प, एनआरएनए आईसीसी उपाध्यक्ष दुर्गा आचार्य, सचिव नारायण काफ्ले, एनआरएनएका नेता तथा प्रखर वक्ता दिनेशराज जोशी, भिक्टोरिया नेपाली समाज (न्याभ)का अध्यक्ष प्रेम राज उप्रेती लगायतले सम्बोधन गरेका थिए।

त्यसै गरेर शिक्षा मन्त्री नतालि, उर्जा मन्त्री लिलि, फेडरल एमपीद्वय पिटर र डेभिडले नेपाली संस्कृति सुन्दर र धनी रहेको बताएका थिए।

ब्लुबेरी रियलस्टेटले मुख्य प्रयोजन गरेको यस फस्टिभलमा लोक दोहोरी गायक बद्री पंगेनी, गायिका एलिना चौहान र व्याण्ड कववेभले दमदार प्रस्तुति दिइएको थियो। यसरी फेस्टिभल नै संगीत र नृत्यले तातिएको थियो। कार्यक्रममा सहभागी हुने सबै जनालाई खादा र ढाका टोपी लगाएर स्वागत गरिएको थियो।