अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (सेप्टेम्बर १३)

0
73
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ। आफन्तको प्रगतिले मन रमाउनेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ। सानातिना समस्यामा अल्झिनु पर्नेछ, तर आफन्तबाट साथ र हौसला मिल्नेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेमीको सहयोग मिल्नेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज रमाइलो यात्रा रहनेछ। चिताएको कामले तीव्रता लिनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। पुनर्मिलनको योग रहेको छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
शुभारम्भको चर्चा चल्ने र विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। जोश जाँगर र हिम्मत पनि बढ्नेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। सामान हराउने वा चोरी हुने भय छ। आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रा हुनेछन्।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। शुभकार्यको चर्चा चल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ। सामाजिक काममा सफलता पनि पाइनेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आजको दिन मध्यम खालको छ। जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
धार्मिक तथा परम्परागत काममा रुचि बढ्नेछ। मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। आँटेको र ताकेको कार्य पुरा होला।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।