बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन

0
175

काठमाडौँ। बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ। बिहीवारदेखि उनी चिकित्सकको रेखदेखमा रहेका खबर आइरहेका थिए। उनी केही दिनदेखि स्‍कटल्याण्डस्थित बाल्‍मोरल क्यासलमा बसेकी थिइन्।

गत माघमा उनी कोभिड–१९ संक्रमित भएकी थिइन्। खराब स्‍वास्‍थ्‍यका कारण उनी आराम गरिरहेकी थिइन्।

महारानी एलिजाबेथ द्वितीयाले कन्जरभेटिभ पार्टीकी नेता लिज ट्रसलाई मंगलवार औपचारिक रूपमा बेलायतकी नयाँ प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

उनले बेलायतका १५ जना प्रधानमन्त्रीलाई शपथ दिलाएकी थिइन्। उनले करिब ७० वर्षसम्म बेलायतमा शासन गरिन्।

गत वर्ष अप्रिलमा उनका पति प्रिन्स फिलिपको निधन भएको थियो।