अष्ट्रेलियाको भिक्टोरियामा थप २ हजार १ सय २ जना कोरोना संक्रमण पुष्टि

0
77

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका २ हजार १ सय २ जना नयाँ संक्रमित थपिएका छन्। बिहीबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ८ हजार २ सय १३ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा २४ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ११ हजार ९ सय ९५ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये २ सय २७ जनाको अस्पतालमा उपचार भइरहेको छ।