अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (सेप्टेम्बर ७)

0
122
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ। वित्तिय संस्थाबाट सहयोग मिल्नेछ। स्वादिष्ट भोजन पनि मिल्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कष्टपूर्ण यात्रा हुनसक्छ। वैदेशिक क्षेत्र कमजोर रहनेछ। कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
रमणीय र सुखद् यात्राको योग छ। मनोरञ्जनमा सहभागी भइएला। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। कामका विभिन्न अवसर फेला पर्ने छन्।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज नयाँ जिम्मेवारी पाइएला। घरमा अतिथिको आगमन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
कीर्तिमानी काम गर्ने समय छ। चलाखीपूर्ण बोलीले काम सफल हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज कार्यमा बाधा आउनेछ। सरकारी निकायको भय रहला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली बिक्ने समय पनि छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । सुखद् यात्राको योग पनि छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग पनि छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
अनावश्यक ठाउँमा धन खर्च होला। आत्मघाती काम गर्न पुगिएला। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, तर व्यापार व्यवसायबाट विशेष लाभ रहनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज नयाँ र शुभकार्यको योग छ। वैदेशिक कार्य अघि बढ्नेछ। काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ। चिताएको कामले तीव्रता पनि लिनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज शुभकार्यको योग छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।