अष्ट्रेलियाको भिक्टोरियामा थप २ हजार २ सय ३७ जना कोरोना संक्रमण पुष्टि

0
63

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका २ हजार २ सय ३७ जना नयाँ संक्रमित थपिएका छन्। बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ९ हजार ३ सय ७० जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा ११ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल १२ हजार २ सय ७० जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये २ सय २२ जनाको अस्पतालमा उपचार भइरहेको छ।