नेपाल फेस्टिवल एनआरएनए संस्थाको मात्र नभई हामी सबै नेपालीको हो र हाम्रा लागि हो : न्याभ अध्यक्ष प्रेम राज

0
59

भिक्टोरियाको नेपाली समुदायलाई माथि उठाउनका निम्ति क्रियाशील व्यक्तिहरुमध्ये हुनुहुन्छ, प्रेम राज उप्रेती। उप्रेती भिक्टोरियाकै सबैभन्दा पूरानो नेपाली संस्था नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को अध्यक्ष हुनुहुन्छ। न्याभको अघिल्लो कार्यकालमा उपाध्यक्ष रहनुभएका प्रेम राज उप्रेतीकै नेतृत्वमा भिक्टोरियाको नेपाली समुदाय पहिलो पटक यहाँको प्रतिष्ठित मल्टिकल्चरल फुटी टुर्नामेन्टमा सहभागी भएको थियो। यसका साथै उहाँले कोभिड महामारीको समयमा नेपाली समुदायमा राहत वितरण तथा जनचेतनाका लागि उल्लेख्यकामहरु गर्नुभएको थियो।

नेपाल फेस्टिवल मेलबर्न २०२२ मा प्रेम राज उप्रेती अध्यक्ष रहनुभएको संस्था, न्याभ कम्युनिटी पार्टनरको रुपमा रहेको छ। यसै सन्दर्भमा आज हामीले छोटो मिठो कुराकानी गरेका छौं :

नेपाल फेस्टिवल मेलबर्नमा कहिलेदेखि सहभागी हुँदै आउनुभएको छ ?
म भिक्टोरियामा आएको २०१५ मा हो। त्यसको एक वर्ष पछि , २०१६ मा नेपाल फेस्टिवल आयोजना भएको थियो। त्यसयता स्वयंसेवकका रुपमा नेपाल फेस्टिवलमा सहभागी हुँदै आएको छु। यसपटक न्याभ पनि कम्युनिटी पार्टनरको रुपमा रहेको छ। त्यसैले नेपाल फेस्टिवल मेलबर्न २०२२ मा चाहिं सक्रियता पहिलेभन्दा बढेको छ।

कम्युनिटी पार्टनरको रुपमा न्याभले यस नेपाल फेस्टिवलको कस्तो भूमिका निर्वाह गरिरहेको छ ?
नेपाल फेस्टिवलला ई भव्य अनि व्यवस्थित बनाउनका लागि विभि न्न समिति -उपसमितिहरु बनाइएको छ। त्यसमा न्याभले स्वयंसेवक व्यवस्थापन तथा परिचालन समितिको नेतृत्व गरिरहेको छ। न्याभका उपाध्यक्ष कृष्ण चालिसेले उक्त नेतृत्व सम्हालि रहनुभएको छ भने मूख्य समितिमा रहेको छु। र, यो भन्दा पनि महत्त्वपूर्ण कुरा भनेको , नेपाल फेस्टिवल एनआरएनए संस्थाको मात्र नभई हामी सबै नेपालीको हो र हाम्रा लागि हो। त्यसैले हामीले हाम्रो तर्फबाट गर्नसक्ने जति जिम्मेवारी निभाउन खुसी छौं र समुदायका सबै संस्था तथा व्यक्तिहरु त्यसरी नै लागि रहनुभएको छ।

हजुरला ई नेपा ल फेस्टि वलमा सबैभन्दा वि शेष ला ग्ने कुरा चा हिं के हो ?
पोशाकदेखि खाना सम्ममा नेपालीपन हुने हुनाले समग्र नेपाल फेस्टिवल नै विशेष लाग्छ। कुनै कुरामा केन्द्रि त रहेर भन्दा चाहिं ,हिंफेडेरेसन स्क्क़ाएरमा फ़र्फ़रा इरहेको झण्डा र नेपाली पोशाकमा सजिएर मुस्कुराउँदै नमस्कार गरिरहेका यहाँका हुर्किरहेका दोस्रो पुस्ता। उनी हरुलाई देख्दा मन नि कै आनन्दित हुन्छ।

नेपाली समुदायलाई यहाँको बहुसांस्कृतिक समाजमा स्थापित गर्नका निम्ति नेपाल फेस्टिवलले कस्तो भूमिका खेल्छ ?
एकदमै महत्त्वपूर्ण छ। नेपाल फेस्टिवलमा केवल नेपाली मात्र सहभागी भएका हुँदैनौं , यहाँका स्थानीयदेखि अन्य समुदायका व्यक्तिहरु अवलोकन गर्न आउनुहुन्छ। त्यसले उहाँहरुलाई हाम्रो परिचय बताइदिञ्छ। नेपाल फेस्टिवलको नारा नै छ विविधता लाई अंगालौं भन्ने, हामीले एक- अर्काको अस्तित्त्वलाई बुझ्ने, सम्बन्ध विस्ता र गर्ने अवसर बन्छ। त्यसैगरी , अतिथिका रुपमा यहाँको सरकारी तहका व्यक्तित्वहरु, विभिन्न समुदायका प्रतिनिधिहरु आउनुहुन्छ। त्यति बेला उहाँहरुले नेपाली समुदायको आकार, योगदान र परिचय र संदेशलाई नजिकबाट बुझ्ने मौका पाउनुहुन्छ, जसले गर्दा आगामी दिनमा नेपाली समुदायलाई अगाडी बढ्न मद्दत पुग्छ।

नेपाल फेस्टिवल मेलबर्न २०२२ कस्तो हुनेछ भन्ने अपेक्षा गर्नुभएको छ ?
सहभागिता एकदमै बढ्ने देखि एको छ। किनभने विभिन्न समिति उपसमितिमा यहाँका संघसंस्थाहरुले सहकार्य गरि रहनुभएको छ, लकडाउन पछिको पहिलो ठूलो कार्यक्रम र कोभिडकै कारण २०२० मा नेपाल फेस्टिवल आयोजना हुन नसकेकाले चार वर्षको अन्तरालमा नेपाल फेस्टिवल आयोजना हुँदैछ। त्यसैगरी , यो बीचको अवधिमा यहाँ नेपाली विद्यार्थीदेखि व्यवसायीसम्मको संख्यामा निकै बृद्धि भएको छ, नेपाली समुदाय ठूलो बनेको छ। अर्को कुरा , अहिले भैरहेका तयारीका कामहरु देख्दा नेपाल फेस्टिवल मेलबर्न २०२२ व्यवस्थित तरिकाले सम्पन्न हुनेछ भन्नेमा हामी आशावादीछौं।