अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (सेप्टेम्बर ६)

0
103
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुनै कुराले मनमा शान्ति छाउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मनोरञ्जनमा सहभागिता भइएला। शुभ कार्यमा सरिक भइनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। घरायसी व्यवहारबाट रहनु। सवारी चलाउँदा सचेत रहनुहोला, साँझमा भने मन खुसी रहला।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
बन्धु बान्धवबाट सहयोग मिल्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउला। शुभ कार्यमा सरिक पनि भइनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। नयाँ र रचनात्मक कार्यबाट अरूको मन जित्न पनि सकिनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज जोश जाँगर र हिम्मत बढ्नेछ। आफ्नो चलाखीपनले कार्य सिद्ध हुनसक्छ। धार्मिक यात्रा तय हुनेछ। वाहन लाभ हुने समय पनि छ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ, तर मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज आफन्तको प्रगतिमा मन रमाउनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आजबाट नयाँ कार्यको थालनी हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। दानपुण्यका कार्यमा सहभागी भइनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ। व्यापार व्यवसायमा प्रगति होला।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ। मेहनतीहरूका लागि दिन बढी फलदायी नै रहने र लाभदायक यात्रा रहनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
श्रमको उचित मूल्याङ्कन हुनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ कामको थालनी हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
धर्मकर्ममा मन लाग्नेछ। नयाँ काम सुरु गर्ने समय छ। चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ। भाग्यले विभिन्न अवसर पनि जुराउनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।