शेपार्टनका दिदीबहिनीहरुले बहुसांस्कृतिक समुदायका बिच मनाए सामूहिक तीज कार्यक्रम

0
248

मेलवर्न। दिदीबहिनी समाज शेपार्टन क्षेत्र र नेपाली शेपार्टन समुदायको सहकार्यमा आयोजना गरेको शेपार्टन महिला तीज कार्यक्रम २०२२ हर्ष र उमंगको साथ सम्पन्न भएको छ।

‘संस्कृति संरक्षण गरौँ, आशा बढाऔँ’ भन्ने मूल नाराका साथ यस बर्षको तीज कार्यक्रम सेपार्टन मेसोनीक सेन्टर 161 Welsford St, Shepparton Vic 3630 मा आयोजना गरिएको थियो। नेपालको पूर्व मेची देखी पश्चिम महाकली र हिमाल देखी तराईमा छरिएर बसेका नेपाली दाजुभाई तथा दिदीबहिनी एकैठाउँमा भेला भएर उल्लासका साथ तीज पर्व मनाएका थिए।

कार्यक्रममा बहुसांस्कृतिक समुदायको प्रतिनिधीत्व गर्दै किम्बर्ली चु’ ले महिला शसक्तीकरणको बारेमा आफ्नो भनाईहरु राखेकी थिईन भने एमा मारटीनले घरेलु हिंसा सम्बन्धी जानकारी गराउँदै आफुले भोगका अनुभवहरु साटेकी थिईन्।

सेपार्टनमा बस्दै आएका बसन्त अधिकारी र मीना मल्लले सन्चालन गर्नु भएको कार्यक्रममा जुनु श्रेष्ठको तीज नृत्यले कार्यक्रमलाई अझ रोचक र मनोरन्जनात्मक बनाएको थियो।

‘हाम्रो कला र संस्कृति हाम्रो मौलिक पहिचान हो, यसलाई जिगाइराख्नु हामी सबैको दायित्व हो’ भन्दै कार्यक्रममा संयोजक मिना मल्लले आफ्ना भनाइ ब्यक्त गर्नु भएको थियो। यसमा जोड्दै उहाँले ,’बहुसांस्कृतिक व्यक्तिहरुको सहभागीता सहित आफ्नो कला तथा संस्कृतिको जगेर्ना गर्ने र प्रवासमा जन्मिएर हुर्किदै गरेको दोश्रो पुस्तालाई संस्कृतिको बारेमा जानकारी दिनका साथै दिदीबहिनीहरुलाई एक–आपसमा एकताबद्ध गराउन र महिला सशक्तीकरणमा यस्ता कार्यक्रमले ठूलो भूमिका रहने समेत बताउनु भयो।

कार्यक्रममा कार्यबाहक मेयर सि.आर एनिथोनी ब्रोफी, सि.आर सीमा अब्दुल्लाह, पुलीस अफीसर लिग जोन्सोनको उपस्थिती रहेको थियो भने उपस्थिति सम्पूर्ण अथितिहरुलाई नेपाली चिनो ढाकाको दोसल्ला ओडाएर सम्मान गरिएको थियो। उपस्थित सबैले तीज गीतमा भर्पूर मनोरन्जन लिएका थिए।

उपस्थित समूर्ण नेपाली दाजुभाई दिदीबहिनीले नेपाली कला र संस्कृति लगायत अन्य बहुभाषी र बहुसंस्कृतिको बारेमा आफुहरुले पनि केहि कुरा सिक्न पाएकोमा खुसी ब्यक्त गरेका थिए। यसरी सबै सहभागीबाट आएको सकारात्मक प्रतिक्रियाले आयोजक टीमलाई अझ उत्साह मिलेको संयोजक मिना मल्लले जानकरी दिनुभयो। साथै उहाँले थप्दै भन्नु हुन्छ, ‘यस कार्यक्रमले महिला सशक्तिकरण तथा समुदायबीचमा सम्बन्ध अझ प्रगाढ़ बनाउने र हाम्रो परिवार, समाज र विश्वमा खुशीको माहोल ल्याउने कुरामा आफु बिश्वस्त रहेको पनि बताउनु भयो।’