भिक्टोरियामा आज दिदीबहिनी समाज शेपार्टनको नि:शुल्क तीज कार्यक्रम हुँदै

0
171

मेलवर्न। हिन्दु नारीहरुको पर्व हरितालिका तीजको माहोलले अष्ट्रेलियाको नेपाली समुदायहरु तीजमय बनाएको छ। यसैबीच आज शेपार्टनमा भब्य तीज विशेष कार्यक्रम हुँदैछ। दिदीबहिनी समाज भिक्टोरियाको शेपार्टन शाखाले उक्त नि:शुल्क तीज विशेष कार्यक्रमको आयोजना गरेको हो।

नेपालको पूर्वमा मेची देखी पश्चिममा महाकाली सम्मका महिला दिदीबहिनी, दाजुभाई र आमाबुवालाई एकतामा बाधेर अष्ट्रेलियाको बिबिधतालाई अंगालदै, सम्मान दिदै आफनो संस्कृतिको जगेर्ना गर्दै गरेलु हिंसा पीड़ित महिला र बालबालिकालाई आशाको नयाँ किरण दिने हिसाबले कार्यक्रमको आयोजना गरिएको संस्थाका संजोजक मिना मल्लले बताउनुभयो। यही कुरालाई आत्मसाथ गर्दै संस्थाले यो नि:शुल्क तीज कार्यक्रमको आयोजना गरेको हुँदा सम्पूर्ण दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी जनाउन उहाँले अनुरोध समेत गर्नुभएको छ।

‘संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन र परोपकारी उद्देश्य’ सहित आयोजित तीज कार्यक्रम मार्फत अष्ट्रेलिया र नेपालमा रहेका हिंसापिडित महिला तथा बालबालिकालाई सहयोग गरिने पनि संयोजक मल्लले जानकारी दिनुभयो।

कार्यक्रम आज साँझ ५ बजेदेखि राती ९ बजेसम्म संचालन हुनेछ।