अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (अगष्ट २०)

0
144
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज आकस्मिक धन लाभ हुने र मनमा शान्ति छाउनेछ। मनोरञ्जनमा सहभागिता भइएला। पुराना र नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
सम्पत्ति हराउने वा नष्ट होला। अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ। सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज इच्छा र आकाङ्क्षा पूर्ण होला। पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ। दिनको उत्तरार्धमा केही धन खर्च बढ्नेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। नयाँ कार्यको सुरुवात गर्न सकिनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। महिला वा नजिकैको मित्रबाट साथ र सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ। मानसिक चिन्ता बढ्नेछ । दाम्पत्य जीवनमा मतभेद भएपनि माया एवं समझदारीको भने कायम रहनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आँटेको र ताकेको कार्य पुरा होला। कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
अरुलाई प्रभावित पारेर काम बन्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ। प्यारो साथी सँग भेट होला।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज नयाँ र शुभ समाचार सुन्न पाइएला। प्यारो साथी सँग भेट हुनेछ। नयाँ कार्यको थालनी होला। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ। सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आस्थामा पनि वृद्धि होला।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।