अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (अगष्ट १९)

0
65
राशिफल
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति रअनुहारमा कान्ति छाउनेछ।कला, साहित्यमा रुचि बढ्नेछ। घरमा अतिथिको आगमन हुनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
स्वास्थ्यमा खर्च बढ्नेछ।यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज नयाँ कार्यको सुरुवात गर्न सकिनेछ ।अरुलाई प्रभावित पारेर काम बन्नेछ ।न्यायिक कार्यमा सफलता मिल्नेछ ।व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
रोकिएका काम पुनः सुरु हुन सक्छन् ।आर्थिक कारोबारमा सफलता पाइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
शुभारम्भको चर्चा चल्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। धार्मिक कार्यमा सहभागी भइनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। साझेदारी काममा उल्झन आउनेछ। बन्न लागेको काम बिग्रिनेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ। लाभदायक यात्रा हुनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। कहीँकतैबाट कुनै उपहार पनि प्राप्त होला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
अनावश्यक रुपमा शत्रु बढ्न सक्छन्। आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ, तर विद्यामा लाभ मिल्नेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
महत्त्वपूर्ण कामको थालनी हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। शुभ कार्यको चर्चा चल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
भाग्यले विभिन्न अवसर जुराउनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम सुरु गर्ने समय छ। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।