अष्ट्रेलियाको भिक्टोरियामा थप ३ हजार ८ सय ५७ जना कोरोना संक्रमण पुष्टि

0
71

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ३ हजार ८ सय ५७ जना नयाँ संक्रमित थपिएका छन्। शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १० हजार ९ सय ८४ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा २७ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल २४ हजार ७ सय ३५ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय १४ जनाको अस्पतालमा उपचार भइरहेको छ।