कामदारमाथी ठगी गर्ने सिड्नीको एक क्याफेलाई ४० हजार जरिवाना

0
117

ब्रिज्वेन। कामदारमाथी ठगी गरेको आरोपमा सिड्नीको एक क्याफेलाई अदालतले जरिवाना तिराएको छ। फेयरवर्क अम्बुडस्म्यानले दर्ता गरेको मुद्दामा सुनुवाइ गर्दै संघिय सर्किट अदालतले क्याफेविरुद्ध ४० हजार ४०० डलर जरिवानाको सजाय सुनाएको हो।

वेटर लगायतका कामदारलाई न्यूनतम पारिश्रमिक दिइएको र सेवा सुविधामा ठगिएको पाईएसँगै क्याफेले उक्त जरिवाना तिरेको बताइएको छ। फेयर वर्क अम्बुडस्म्यान इन्सपेक्टरले अनुसन्धानसँगै कानुनी कारबाही सुरु गरेपछि कम्पनीले कामदारलाई पूरा तलव सुविधा दिएपनि जरिवानाको कारबाही भोग्नुपरेको छ। कार्यवाहक फेयर वर्क अम्बुड्सम्यान माइकल क्याम्पबेलले कानुन र श्रम ऐनको व्यवस्था कार्यान्वयन नगर्ने, तलब लगायतका सेवा सुविधा नदिने जो कोहीले पनि दण्डित हुनुपर्ने बताउनुभएको छ। कानुन अनुसारको सेवा सुविधा नपाएमा कानुनी अधिकारको खोजी गर्न समेत उहाँले सुझाब दिनुभएको छ।

फास्ट फूड, रेस्टुरेन्ट र क्याफे सञ्चालकसँगै कामदारलाई समेत कानुनी अधिकार बारे सचेत रहन अनुरोध गर्दै कुनै समस्या परेमा निशुल्क परामर्श र सहयोगका लागि फेयरवर्कमा सम्पर्क गर्न फेयरवर्क अम्बुडस्म्यानले आग्रह गरेको छ।

Employers and employees can visit  http://www.fairwork.gov.au/ or call the Fair Work Infoline on 13 13 94 for free advice and assistance about their rights and obligations in the workplace. An interpreter service is available on 13 14 50. Small businesses can find targeted resources at the  https://smallbusiness.fairwork.gov.au/.